March 2019

You Are Here: Home / March 2019

एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न

Categories:

विर्तामोड, २०७५ चैत्र ११ गते ।

“तपाईको स्थानीय साझेदार” भन्ने मुल नाराका साथ अधिकांश स्थानीय लगानीकर्ताहरुको लगानीमा झापा जिल्लाको विर्तामोडमै केन्द्रीय कार्यालय रहि मिती २०६२ साल श्रावण ०६ गते स्थापित यस एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडको मिति २०७५ चैत्र ११ गते आफ्नो तेह्रौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडको मिति २०७५ चैत्र ११ गते सोमवारका दिन संचालक समितिका अध्यक्ष श्री हेमराज ढकालको अध्यक्षतामा भएको तेह्रौं वार्षिक साधारण सभाको उद्घाटन बैंकका अध्यक्ष श्री हेमराज ढकाल र प्रमुख अतिथि विर्तामोड नगरपालिकाकी नगर उप प्रमुख श्री पवित्रा महतारा प्रसाईले संयुक्त रुपमा गर्नुभयो । वार्षिक साधारण सभाले आ.व.२०७४/०७५ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी रु ६९ करोड २६ लाख ७४ हजारको १७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने र उक्त चुक्ता पु‘जीको ५५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ । साथै उक्त साधारण सभाले सस्थापक समुहका शेयरधनीहरुमध्येबाट ३ जना सञ्चालकहरुमा क्रमशः श्री महेन्द्रकुमार गोयल, हेमराज ढकाल र राजन शर्मा लाई निर्विरोध निर्वाचित गरेको छ ।

आ.व. २०७४/०७५ मा खुद मुनाफा रु १५ करोड ५६ लाख ३५ हजार गर्न सफल यस वैंकको हालसम्म लगानीमा रहिरहेको कर्जा लगभग रु ५ अर्व ६५ करोड रहेको छ भने निक्षेप संकलन लगभग रु ६ अर्व ३७ करोड गरेको छ । झापा जिल्लाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैंकले हाल झापा, इलाम र मोरङ्ग का विभिन्न ३० स्थानमा अवस्थीत आफ्ना शाखा कार्यालयहरु मार्फत ग्राहकहक समक्ष बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ भने चालु आ.व.मा सुनसरी र पॉचथर जिल्लामा समेत कार्यक्षेत्र विस्तार गरि उक्त जिल्लाका फिदिम, इनरुवा, इटहरी, भुटाहा, भमरी बजारमा नयाँ शाखा स्थापनाका लागि साजसजावटको कार्य भईरहेकोे छ भने आगामी दिनमा प्रदेश नम्बर १ भरी नेपाल राष्ट्र बैंकको स्वीकृती प्राप्त गरी आफ्नो कारोवार सञ्चालन गर्ने उदेश्यका साथ पुँजी वृद्धि योजना अघि बढाएको छ ।

बैंकले सफलाता पुर्वक आफ्नो संचालनको तेह्रौं बार्षिक साधारण सभा सम्पन्न गरेको यस सुखद घडीमा बैंक प्रति सदा सद्भाव राखि कारोवार गर्ने सम्पुर्ण ग्राहक वर्ग, शुभचिन्तकहरु, बुद्धिजीवि वर्ग, संघसंस्थाहरु, पत्रकार वर्ग, नियमनकारी निकायहरु तथा सम्पुर्ण शेयरधनि महानुभावहरुलाई हार्दिक धन्यवाद दिनुका साथै आगमी दिनहरुमा पनि निरन्तर सहयोग तथा सद्भावको आशा राख्दै ग्राहकहरुको चाहना र आवाश्यकता अनुसारको आधुनिक एवं विश्वसनिय बैंकिङ सेवाहरु प्रवाह गर्दै सम्पुर्ण ग्राहक वर्गको मन जित्न सफल हुने आशाका साथ सर्वसुलभ तथा स्तरीय सेवा प्रवाह गर्ने कुरामा प्रतिबद्धता ब्यक्त गर्न चाहन्छौ ।

उक्त साधारणसभा सम्पन्न भए पश्चात बसेको संचालक समितीको बैठकले संचालक श्री महेन्द्रकुमार गोयललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ ।


तेह्रौं वार्षिक साधारण सभा कार्यक्रमका केही तस्वीरहरूः

तेह्रौं बार्षिक साधारण सभामा यस बैंकका अध्यक्ष श्री हेमराज ढकाल वार्षिक विवरण प्रस्तुत गर्नुहुँदै ।
तेह्रौं बार्षिक साधारण सभाका प्रमुख अतिथि विर्तामोड नगरपालिकाकी नगर उपप्रमुख श्री पवित्रा महतारा प्रसाईं तथा
बैंकका अध्यक्ष श्री हेमराज ढकाल
नवनिर्वाचित सञ्चालक समिति सदस्य श्री महेन्द्रकुमार गोयल, श्री राजन शर्मा र श्री हेमराज ढकालका साथ
सञ्चालक समिति सदस्य श्री पुरूषोत्तम लम्साल तथा श्री पर्शुराम दाहाल (क्रमशः बायाँबाट दायाँ)
सञ्चालक समिति सदस्यका साथ बैंकका प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत लगायत व्यवस्थापनका कर्मचारीहरू
प्रमुख अतिथिलाइ मायाको चिनो प्रदान गर्नुहुँदै अध्यक्ष
बैंकका सञ्चालक समिति सदस्यका साथ संस्थापकहरू तथा प्रमुख कार्यकारी अधिकृत र नायब प्रमुख कार्यकारी अधिकृत

एक्सेल डेभलपमेन्ट वैंक लि.काे गरामनी शाखाको औपचारिक उद्घाटन

Categories:

एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडले झापा जिल्लाको बिर्तामोड नगरपालिका बडा नंं ७ अन्तर्गत गरामनी चोकमा स्थापना भएको नयाँ शाखाको औपचारिक उद्घाटन मिति २०७५ साल फागुन ०६ गते बुधवारका दिन सम्पन्न भएको छ । गरामनी शाखाको उद्घाटन बिर्तामोड नगरपालिकाका प्रमुख श्री ध्रुव कुमार शिवाकोटी र एक्सेल डेभलपमेन्ट वैंकका संचालक समितिका सदस्य श्री पुरुषोत्तम लम्सालज्यूले संयुक्त रुपमा गर्नुभयोे ।

आर्थिक र व्यापारिक दृष्टिकोणले प्रमुख भुमिका भएको गरामनी बजारमा ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप योजना मार्फत रकम जम्मा गर्न सक्ने साथै आफ्नो आवश्यकता वमोजिम आवाश, सवारीसाधन, व्यक्तिगत, व्यापारिक लगायत कर्जा सुविधा लिन सक्ने सुविधा प्रदान गर्नुका साथै उनीहरुकै रोजाइको माध्यम अर्थात ABBS, C-ASBA, IPS, Connect IPS, Online Clearing तथा स्मार्ट मोवाईल वैंकिगं ( Visa Debit Card ), भारत र भुटानसमेतमा प्रयोग गर्न सकिने सुविधा सहितको Visa Debit Card , रेमिटान्स सेवा, ३६५ दिने बैंकिङ्ग, लगायतका अधिकांश वैंकिङ्ग सेवाहरु उक्त नवस्थापित शाखा कार्यालय गरामनीबाट प्रदान गरिने छ ।

यस वैंकले आ.व.२०७४/०७५ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी रु ६९ करोड २६ लाख ७४ हजारको १७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने र उक्त चुक्ता पुँजीको ५५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने सम्बन्धी निर्णय २०७५ चैत्र ११ गते सम्पन्न हुने बार्षिक साधारण सभाबाट गर्ने तयारी गरेको छ ।

आ.व. २०७४।०७५ मा खुद मुनाफा रु १५ करोड ५६ लाख ३५ हजार गर्न सफल यस वैंकको हालसम्म लगानीमा रहिरहेको कर्जा लगभग रु ५ अर्व ६५ करोड रहेको छ भने निक्षेप संकलन लगभग रु ६ अर्व २५ करोड गरेको छ । झापाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैंकले हाल झापा, इलाम र मोरङ्गका विभिन्न ३० स्थानमा अवस्थीत आफ्ना शाखा कार्यालयहरु मार्फत ग्राहकहरु समक्ष बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ भने चालु आ.व.मा सुनसरी र पॉचथरमा जिल्लामा समेत कार्यक्षेत्र विस्तार गरि उक्त क्षेत्रभित्रका फिदिम, इनरुवा, इटहरी, भुटाहा, भमरी बजारमा नयाँ शाखा स्थापनाका लागि साजसजावटको कार्य भईरहेकोे छ भने आगामी दिनमा १ नम्बर प्रदेशभर आफ्नो कारोवार सञ्चालन गर्ने उदेश्यका साथ पुँजी वृद्धि योजना अघि बढाएको तथ्य बैंकका प्रमुख कार्यकारी अधिकृत श्री दिनेश कुमार पोख्रलले जानकारी गराउनु भयो ।

झापा जिल्लाको कचनकवल गॉउपालिका अन्तर्गत बनियानी बजार र भद्रपुर नगरपालिका अन्तर्गतको सोमबारे चोकमा समेत यस वैंकले आफ्नो नयाँ दुई शाखा कार्यालयहरुको औपचारिक उद्घाटन मिति २०७५ साल चैत्र ४ गते सोमवारका दिन तथा अर्जुनधारा नगरपालिका अन्तर्गत खुदुनाबारी बजारमा मिति २०७५ साल चैत्र ५ गते मंगलवारका दिन सम्पन्न गरी सकेको ५ ।


गरामनी शाखा समुद्घाटन कार्यक्रमका केही तस्वीरहरूः


गरामनी शाखा समुद्घाटन कार्यक्रममा उपस्थित अतिथिहरू साथै कार्यक्रमका प्रमुख अतिथि
बिर्तामोड नगरपालिकाका प्रमुख श्री ध्रुव कुमार शिवाकोटी मन्तव्य राख्नुहुँदै ।

गरामनी शाखाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका प्रमुख
श्री ध्रुव कुमार शिवाकोटी र एक्सेल डेभलपमेन्ट वैंकका संचालक समितिका सदस्य तथा कार्यक्रमका अध्यक्ष
पुरुषोत्तम लम्सालले पानसमा बत्ती बाली संयुक्त रुपमा गर्नुहुँदै ।
गरामनी शाखा उद्घाटनको क्रममा शुभकामना मन्तव्य दिनुहुँदै प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका प्रमुख
श्री ध्रुव कुमार शिवाकोटीज्यू ।

एक्सेल डेभलपमेन्ट वैंक लि.काे खुदुनाबारी शाखाको औपचारिक उद्घाटन

Categories:

एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडले झापा जिल्लाको अर्जुनधारा नगरपालिका बडा नंं ३ अन्तर्गत खुदुनावारी बजारमा स्थापना भएको न‘या शाखाको औपचारिक उद्घाटन मिति २०७५ साल फागुन ०५ गते मंगलवारका दिन सम्पन्न भएको छ । खुदुनावारी शाखाको उद्घाटन अर्जुनधारा नगरपालिकाका प्रमुख श्री हरि कुमार राना र एक्सेल डेभलपमेन्ट वैंकका संचालक समितिका सदस्य श्री गणेश प्रसाद खनाल ज्यूले संयुक्त रुपमा गर्नुभयोे । आर्थिक र व्यापारिक दृष्टिकोणले प्रमुख भुमिका भएको खुदुनाबारी बजारमा ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप योजना मार्फत रकम जम्मा गर्न सक्ने साथै आफ्नो आवश्यकता वमोजिम आवाश, सवारीसाधन, व्यक्तिगत, व्यापारिक लगायत कर्जा सुविधा लिन सक्ने सुविधा प्रदान गर्नुका साथै उनीहरुकै रोजाइको माध्यम अर्थात ABBS, C-ASBA, IPS, Connect IPS, Online Clearing तथा स्मार्ट मोवाईल वैंकिगं ( Visa Debit Card ), भारत र भुटानसमेतमा प्रयोग गर्न सकिने सुविधा सहितको Visa Debit Card , रेमिटान्स सेवा, ३६५ दिने बैंकिङ्ग, लगायतका अधिकांश वैंकिङ्ग सेवाहरु उक्त नवस्थापित शाखा कार्यालय खुदुनाबारीबाट प्रदान गरिने छ ।


यस वैंकले आ.व.२०७४/०७५ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी रु ६९ करोड २६ लाख ७४ हजारको १७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने र उक्त चुक्ता पुँजीको ५५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने सम्बन्धी निर्णय २०७५ चैत्र ११ गते सम्पन्न हुने बार्षिक साधारण सभाबाट गर्ने तयारी गरेको छ ।


आ.व. २०७४।०७५ मा खुद मुनाफा रु १५ करोड ५६ लाख ३५ हजार गर्न सफल यस वैंकको हालसम्म लगानीमा रहिरहेको कर्जा लगभग रु ५ अर्व ६५ करोड रहेको छ भने निक्षेप संकलन लगभग रु ६ अर्व २५ करोड गरेको छ । झापाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैंकले हाल झापा, इलाम र मोरङ्गका विभिन्न ३० स्थानमा अवस्थीत आफ्ना शाखा कार्यालयहरु मार्फत ग्राहकहरु समक्ष बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ भने चालु आ.व.मा सुनसरी र पॉचथरमा जिल्लामा समेत कार्यक्षेत्र विस्तार गरि उक्त क्षेत्रभित्रका फिदिम, इनरुवा, इटहरी, भुटाहा, भमरी बजारमा नयाँ शाखा स्थापनाका लागि साजसजावटको कार्य भईरहेकोे छ भने आगामी दिनमा १ नम्बर प्रदेशभर आफ्नो कारोवार सञ्चालन गर्ने उदेश्यका साथ पुँजी वृद्धि योजना अघि बढाएको तथ्य बैंकका प्रमुख कार्यकारी अधिकृत श्री दिनेश कुमार पोख्रलले जानकारी गराउनु भयो ।


झापा जिल्लाको कचनकवल गॉउपालिका अन्तर्गत बनियानी बजार र भद्रपुर नगरपालिका अन्तर्गतको सोमबारे चोकमा समेत यस वैंकले आफ्नो नयाँ दुई शाखा कार्यालयहरुको औपचारिक उद्घाटन मिति २०७५ साल चैत्र ४ गते सोमवारका दिन सम्पन्न गरी सकेको छ ।


खुदुनाबारी शाखा समुद्घाटन कार्यक्रमका केही तस्वीरहरूः


खुदुनाबारी शाखा समुद्घाटन कार्यक्रममा उपस्थित अतिथिहरू साथै कार्यक्रमका प्रमुख अतिथि
अर्जुनधारा नगरपालिकाका प्रमुख श्री हरि कुमार राना मन्तव्य राख्नुहुँदै ।

खुदुनाबारी शाखाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख श्री हरि कुमार राना र एक्सेल डेभलपमेन्ट वैंकका संचालक समितिका सदस्य तथा कार्यक्रमका अध्यक्ष श्री गणेश प्रसाद खनालले पानसमा बत्ती बाली संयुक्त रुपमा गर्नुहुँदै ।

एक्सेल डेभलपमेन्ट वैंक लि.काे बनियानी र सोमबारे शाखाको औपचारिक उद्घाटन

Categories:

एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडले झापा जिल्लाको कचनकवल गॉउपालिका बडा नंं ६ अन्तर्गत बनियानी बजारमा र भद्रपुर नगरपालिका वडा नंं २ स्थित सोमवारे चोकमा स्थापना भएको नयाँ शाखाहरुको औपचारिक उद्घाटन मिति २०७५ साल फागुन ०४ गते सोमवारका दिन सम्पन्न भएको छ । बनियानी शाखाको उद्घाटन कचनकवल गॉउपालिकाका प्रमुख श्री अन्जार आलम र एक्सेल डेभलपमेन्ट वैंकका संचालक समितिका अध्यक्ष श्री हेमराज ढकालले संयुक्त रुपमा गर्नुभयो भने सोमवारे शाखा प्रदेश नंं १ का प्रदेश सभासद माननिय श्री बसन्त बानिया, भद्रपुर नगरपालिकाका नगरप्रमुख जीवनकुमार श्रेष्ठ र एक्सेल डेभलपमेन्ट वैंकका संचालक समितिका अध्यक्ष श्री हेमराज ढकालले संयुक्त रुपमा गर्नुभयो । आर्थिक र व्यापारिक दृष्टिकोणले प्रमुख भुमिका भएको बनियानी बजार र सोमबारे चोकमा ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप योजना मार्फत रकम जम्मा गर्न सक्ने साथै आफ्नो आवश्यकता वमोजिम आवाश, सवारीसाधन, व्यक्तिगत, व्यापारिक लगायत कर्जा सुविधा लिन सक्ने सुविधा प्रदान गर्नुका साथै उनीहरुकै रोजाइको माध्यम अर्थात ABBS, C-ASBA, IPS, Connect IPS, Online Clearing तथा स्मार्ट मोवाईल वैंकिगं ( Visa Debit Card ), भारत र भुटानसमेतमा प्रयोग गर्न सकिने सुविधा सहितको ख्ष्कब म्भदष्त ऋबचम, रेमिटान्स सेवा, ३६५ दिने बैंकिङ्ग, लगायतका अधिकांश वैंकिङ्ग सेवाहरु उक्त नवस्थापित शाखा कार्यालयहरु बनियानी र सोमबारेबाट प्रदान गरिने छ ।
यस वैंकले आ.व.२०७४/०७५ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी रु ६९ करोड २६ लाख ७४ हजारको १७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने र उक्त चुक्ता पुँजीको ५५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने सम्बन्धी निर्णय २०७५ चैत्र ११ गते सम्पन्न हुने बार्षिक साधारण सभाबाट गर्ने तयारी गरेको छ ।
आ.व. २०७४।०७५ मा खुद मुनाफा रु १५ करोड ५६ लाख ३५ हजार गर्न सफल यस वैंकको हालसम्म लगानीमा रहिरहेको कर्जा रु ५ अर्व ६५ करोड रहेको छ भने निक्षेप संकलन रु ६ अर्व २५ करोड गरेको छ । झापाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैंकले हाल झापा, इलाम र मोर¨का विभिन्न ३० स्थानमा अवस्थीत आफ्ना कार्यालयहरु मार्फत ग्राहकहक समक्ष बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ भने चालु आ.व.मा सुनसरी र पाँचथरमा जिल्लामा समेत कार्यक्षेत्र विस्तार गरि उक्त क्षेत्रभित्रका फिदिम, इनरुवा, इटहरी, भुटाहा, भमरी बजारमा न‘या शाखा स्थापनाका लागि साजसजावटको कार्य भईरहेकोे छ भने आगामी दिनमा १ नम्बर प्रदेशभर आफ्नो कारोवार सञ्चालन गर्ने उदेश्यका साथ पुँजी वृद्धि योजना अघि बढाएको छ ।

बनियानी शाखा समुद्घाटन कार्यक्रमका केही तस्वीरहरूः

बनियानी शाखा समुद्घाटन कार्यक्रममा उपस्थित अतिथिहरू साथै कार्यक्रमका अध्यक्ष हेमराज ढकाल मन्तव्य राख्नुहुँदै ।


बनियानी शाखाको उद्घाटन कचनकवल गॉउपालिकाका प्रमुख श्री अन्जार आलम र एक्सेल डेभलपमेन्ट वैंकका संचालक समितिका अध्यक्ष श्री हेमराज ढकालले पानसमा बत्ती बाली संयुक्त रुपमा गर्नुहुँदै ।

बनियानी शाखाको उद्घाटन कचनकवल गॉउपालिकाका प्रमुख श्री अन्जार आलम र एक्सेल डेभलपमेन्ट वैंकका संचालक समितिका अध्यक्ष श्री हेमराज ढकालले रिबन काटेर संयुक्त रुपमा गर्नुहुँदै ।


साेमबारे शाखा समुद्घाटन कार्यक्रमका केही तस्वीरहरूः


साेमबारे शाखा समुद्घाटन कार्यक्रममा उपस्थित अतिथिहरू साथै कार्यक्रमका अध्यक्ष हेमराज ढकाल मन्तव्य राख्नुहुँदै ।

सोमवारे शाखाको समुद्घाटन प्रदेश नंं १ का प्रदेश सभासद माननिय श्री बसन्त बानिया, भद्रपुर नगरपालिकाका नगरप्रमुख जीवनकुमार श्रेष्ठ र एक्सेल डेभलपमेन्ट वैंकका संचालक समितिका अध्यक्ष श्री हेमराज ढकालले संयुक्त रुपमा
पानसमा बत्ती बाली गर्नुहुँदै।

सोमवारे शाखाको समुद्घाटन प्रदेश नंं १ का प्रदेश सभासद माननिय श्री बसन्त बानिया, भद्रपुर नगरपालिकाका नगरप्रमुख जीवनकुमार श्रेष्ठ र एक्सेल डेभलपमेन्ट वैंकका संचालक समितिका अध्यक्ष श्री हेमराज ढकालले संयुक्त रुपमा
रिबन काटेर गर्नुहुँदै।

एक्सेल डेभलपमेन्ट बैंक नै किन?

 

अब एक्सेलको मुद्दति खातामा पाउनुहोस् वार्षिक अधिकतम १०.५० प्रतिशतसम्मको ब्याज

Excel VISA Debit Card लिइसक्नु भयो?